छोटो भिडियो प्लेटफर्म टिकटकले आफ्नो प्लेटफर्मलाई अझ सुरक्षित, सहयोगी र प्रयोगकर्तामैत्री बनाउन नयाँ फिचरहरू सार्वजनिक गरेको छ। यी सुविधाहरूले क्रिएटरहरूलाई कन्टेन्ट निर्माण, फ्यानहरूसँग अन्तरक्रिया र आफ्नो उपस्थितिमा नियन्त्रण गर्न सहयोग पुर्याउँछन्।
क्रियटर केयर मोड नामक नयाँ फिचर विशेष गरी कमेन्ट सेक्शनको व्यवस्थापनमा केन्द्रित छ। एक्टिभेट गरेपछि अपमानजनक, धम्कीपूर्ण वा अभद्र कमेन्टहरू स्वचालित रूपमा हाइड गरिन्छ। यसले क्रिएटरलाई कन्टेन्ट बनाउने समय कमेन्ट मोडेरेटमा खर्चिन नपरोस् भन्ने सुनिश्चित गर्छ।
लाइभ स्ट्रिम गर्ने क्रिएटरहरूका लागि Live Muting Tool पनि लन्च गरिएको छ। अब होस्टले अनुचित शब्द, वाक्यांश वा इमोजी प्रयोग गर्ने प्रयोगकर्तालाई च्याटमै म्यूट वा ब्लक गर्न सक्छन्। बल्क म्युट सुविधाले लाइभ अन्तरक्रियालाई अझ नियन्त्रणयोग्य बनाउँछ र सम्मानजनक कम्युनिटी निर्माणमा मद्दत गर्छ।
क्रिएटरहरूको कन्टेन्ट गुणस्तर सुधारका लागि Content Check Lite टुल उपलब्ध गराइएको छ, जसले भिडियो पोस्ट गर्नु अघि संभावित समस्याहरू जाँच्न र सुधार गर्न मद्दत गर्छ। साथै, Creator Inbox सुविधा प्रयोग गरेर क्रिएटरहरूले फ्यानहरूसँगको संवाद अझ छिटो र व्यवस्थित रूपमा गर्न सक्छन्।
यी सबै नयाँ टुलहरू मार्फत टिकटकले क्रिएटरहरूलाई सुरक्षित, समर्थित र आत्मविश्वासी महसुस गराउन सहयोग पुर्याउने लक्ष्य राखेको छ। प्लेटफर्मले क्रिएटरहरूलाई यी सुविधाहरू प्रयोग गरी आफ्नो अनलाइन यात्रा अझ सकारात्मक र उत्पादनशील बनाउन प्रोत्साहित गरिरहेको छ।
टिकटक विश्वव्यापी छोटो मोबाइल भिडियो प्लेटफर्म हो, जसको उद्देश्य सृजनशीलतालाई प्र0 लस एन्जेलस र सिंगापुरमा छ, र न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा कार्यालयहरू छन्।





