हमासले पहिलो चरण फिर्ता गर्‍यो यी सात बन्धक

इजरायल प्रतिरक्षा फौज (आईडीएफ) ले रेडक्रसले केही बेरअघि सेनालाई गाजा सहरमा हमासबाट सात बन्धक फिर्ता लिएको जानकारी दिएको बताएको छ।

ती सात जनामा माटन आङ्ग्रेस्ट, उनका भाइहरू गाली र जिभ बर्मन, एलोन ओहेल, इटान मोर, ओम्री मिरान र गाय गिल्बोआ-दलाल छन्।

रेडक्रसले बन्धकहरूलाई गाजाभित्र रहेका आईडीएफ सेनाकहाँ पुर्‍याउँछ र त्यसपछि उनीहरूलाई स्ट्रिपबाट बाहिर रेइम नजिकैको सैन्य सुविधामा लगिनेछ।

जहाँ उनीहरूको प्रारम्भिक शारीरिक र मानसिक जाँच गरिनेछ र उनीहरूका परिवारसँग भेट गराइने द टाइम्स अफ इजरायलले जनाएको छ। 

यसअघि हमासले आज रिहा गरिने २० जीवित बन्धकको सूची सार्वजनिक गरेको थियो। दु:खको कुरा त्यसमा नेपाली विपिन जोशी छैनन्। 

इजरायलसँग भएको युद्धविराम सम्झौताबमोजिम हमासले आज बन्धक रिहा गर्न सुरु गरेको हो। यस क्रममा पहिलो खेपमा उसले ७ बन्धक मुक्त गरेको हो।