सुडानको मस्जिदमा ड्रोन हमला, ७८ जनाको मृ*त्यु

सुडानको डार्फर क्षेत्रमा एक मस्जिदमा भएको ड्रोन हमलामा ७० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

शुक्रबार अल–फाशर सहरमा भएको यस आक्रमणको लागि अर्धसैनिक संगठन रैपिड सपोर्ट फोर्सेज (आरएसएफ)लाई जिम्मेवार ठानिएको छ । तर, यो समूहले यसको जिम्मेवारी अहिलेसम्म लिएको छैन । आरएसएफ र सेनाबीच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।

अर्धसैनिक बलले अहिले जमिनमा नियन्त्रण जमाउँदै पूरै अल–फाशरलाई कब्जा गर्ने प्रयास गरिरहेको छ ।यो सहर डार्फरमा सेनाको अन्तिम किल्ला हो । यहाँ तीन लाखभन्दा बढी सर्वसाधारण फसेका छन् ।

ड्रोनले बिहानको प्रार्थनाको समयमा हमला गरेको थियो, जसमा दर्जनौँ मानिसहरूको घटनास्थलमै मृत्यु भएको भएको थियो ।चिकित्सा स्रोतका अनुसार २० जना घाइते भएका छन् । तर, भवनको भग्नावशेषबाट शव निकाल्ने काम अझै जारी छ ।