प्रधानमन्त्री सुशीला कार्कीलाई चीनको बधाई, सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

 नेपालको राजनीतिक सङ्क्रमणका बिच पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ लिएसँगै छिमेकी राष्ट्र चीनले उनलाई बधाई ज्ञापन गरेको छ । चीनको परराष्ट्र मन्त्रालयले सेप्टेम्बर १२ मा भएको यस महत्त्वपूर्ण घटनाक्रमलाई नजिकबाट नियाल्दै नेपालसँगको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्तालाई पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा, ‘सेप्टेम्बर १२ मा नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिएकी छन् । प्रवक्ताले भने, ‘चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकोमा सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दछ ।’

उनले नेपाल र चीनबिचको ऐतिहासिक तथा ‘समय-सम्मानित मित्रता’ को स्मरण गर्दै दुई देशबिचको सम्बन्धको गहिराइलाई जोड दिए । चीनले सधैँ नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने स्पष्ट पारे ।

प्रवक्ताले अगाडि भनेका छन्, ‘हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अगाडि बढाउन, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न नेपालसँग काम गर्न तयार छौँ ।’