भारतको पश्चिम बंगालको पूर्वा वर्धमान जिल्लामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
शुक्रबार बिहान तीर्थयात्रीहरू बोकेको एउटा निजी बस पूर्वा वर्धमानबाट दुर्गापुर जाँदै गर्दा सडकमा रोकिएको ट्रकको पछाडि ठोक्किएको थियो ।
बस र ट्रकबीचको ठक्करमा १० जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइते सबैलाई बर्धमान मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ ।




