टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प, एक जनाको मृ**त्यु

टर्कीको उत्तर–पश्चिमी प्रान्त बालिकेसिरमा आइतबार साँझ गएको ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी एक महिलाको मृत्यु भएको छ भने कम्तीमा २९ जना घाइते भएका छन्।

भूकम्पको केन्द्रविन्दु सिन्दिरगी सहरमा रहेको थियो । भूकम्पपछि भत्किएको घरको भग्नावशेषबाट उद्धार गरिएकी एक ८१ वर्षीया महिलाको केही समयपछि मृत्यु भएको हो ।

भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् ।  आइतबार स्थानीय समयअनुसार साँझ ७ः५३ बजे गएको भूकम्पको धक्का इस्तानबुलसम्म महसुस गरिएको थियो।