मङ्गलबार पूर्वी भारतमा मङ्गलबार हिन्दु तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
झारखण्ड राज्यको घटनास्थलबाट प्राप्त दृश्यहरूले बसको भग्नावशेष देखाएको छ । यसको पछाडिको भाग लगभग पूर्ण पमा जलेको थियो ।
स्थानीय सांसद निशिकान्त दुबेले तीर्थयात्रीहरू उपमहाद्वीपमा मनसुनको सुरुआतसँगै पवित्र श्रावण महिना मनाउन हिन्दु तीर्थस्थलतर्फ जाँदै गरेको बताउनुभयो ।
“बस र ट्रक दुर्घटनामा १८ जना भक्तको ज्यान गएको छ”, दुबेले सामाजिक सञ्जालमा भन्नुभयो ।
तीर्थयात्रीहरूले संहारका हिन्दु देवता भगवान् शिवलाई अर्पण गर्न गङ्गाबाट पवित्र पानी बोकेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ज्यान गुमाउने भक्तहरूका परिवारजनहरूप्रति गहिरो समवेदना’ व्यक्त गर्नुभयो ।
उहाँको कार्यालयले सामाजिक सञ्जालमा भनेको छ, “झारखण्डको देवघरमा भएको सडक दुर्घटना अत्यन्त दुःखद छ ।”




