दिल्लीमा भारी वर्षा, सडकहरू जलमग्‍न , रेड अलर्ट जारी

 भारतको राजधानी नयाँ दिल्लीमा भारी वर्षा भएको छ। दिल्लीसँग जोडिएका क्षेत्रहरुमा भारी वर्षा भइरहेको छ।

गाजियाबाद,नोएडा,ग्रुरुग्राम,फरीदाबाद र ग्रेटर नोएडामा मुसलधारे वर्षा भइरहेको छ। भारी वर्षका कारण सडकहरू पानीले भरिएका छन्। जसले गर्दा धेरै क्षेत्रमा ट्राफिक जाम भएको छ।

भारी वर्षा भएपछि मौसम विभागले दिल्ली एनसीआरमा रेड अलर्ट जारी गरेको छ।