पाकिस्तानको पञ्जाब प्रान्तमा भीषण मनसुन वर्षाले व्यापक जनधनको क्षति पुर्याइरहेको छ।
पछिल्लो ४८ घण्टामा मात्रै ७० जनाले ज्यान गुमाएका छन् भने असार महिनाको अन्त्यदेखि हालसम्म मृत्यु हुनेको संख्या १२३ पुगेको छ । भारी वर्षाका कारण घरको छाना भत्किनु, भूक्षय र आकस्मिक बाढीका कारण ठूलो क्षति पुगेको छ । २५ जुनदेखि शुरू भएको वर्षायाममा हालसम्म ४६२ जना घाइते भएका छन् ।
शुक्रबार सबैभन्दा धेरै मृत्यु भएको रिपोर्ट गरिएको छ । लाहोर, चिनिओट, ओकारा, चकवाल र सरगोधामा १० जनाको मृत्यु भएको बताइएको छ ।चिनिओट र लाहोरमा तीन / तीन जनाको ज्यान गएको छ, ओकारामा दुई र चकवाल तथा सरगोधामा एक / एक जनाको मृत्यु भएको हो ।




