पाकिस्तानमा वर्षाको कारण ४८ घण्टामा ७० जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तमा भीषण मनसुन वर्षाले व्यापक जनधनको क्षति पुर्‍याइरहेको छ।

पछिल्लो ४८ घण्टामा मात्रै ७० जनाले ज्यान गुमाएका छन् भने असार महिनाको अन्त्यदेखि हालसम्म मृत्यु हुनेको संख्या १२३ पुगेको छ । भारी वर्षाका कारण घरको छाना भत्किनु, भूक्षय र आकस्मिक बाढीका कारण ठूलो क्षति पुगेको छ । २५ जुनदेखि शुरू भएको वर्षायाममा हालसम्म ४६२ जना घाइते भएका छन् ।

शुक्रबार सबैभन्दा धेरै मृत्यु भएको रिपोर्ट गरिएको छ । लाहोर, चिनिओट, ओकारा, चकवाल र सरगोधामा १० जनाको मृत्यु भएको बताइएको छ ।चिनिओट र लाहोरमा तीन / तीन जनाको ज्यान गएको छ, ओकारामा दुई र चकवाल तथा सरगोधामा एक / एक जनाको मृत्यु भएको हो ।