इन्डोनेसियाको बालीमा डुंगा डुब्दा चारजनाको मृत्यु, दर्जनौँ बेपत्ता

इन्डोनेसियाको पर्यटकीय टापु बालीनजिकै डुंगा डुब्दा कम्तीमा चारजनाको मृत्यु भएको छ । दर्जनौँ व्यक्ति बेपत्ता छन् ।

दुर्घटनामा २३ जनाको उद्धार गरिएको त्यहाँको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले जनाएको छ । डुंगामा ५३ यात्री र चालक दलका १२ सदस्य सवार थिए ।

डुंगा बुधबार स्थानीय समयानुसार राति ११ः२० बजे डुबेको जनाइएको छ ।डुंगा जाभा टापुको पूर्वी तटस्थित बान्युवांगीबाट बालीतर्फ जाँदै थियो । बिहीबार बिहान एउटा लाइफबोटमा चार यात्री फेला परेका छन् । अरूको खोजी जारी छ ।