भारतको तेलङ्गाना राज्यस्थित संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रियाक्टरमा विस्फोट हुँदा भएको ठुलो आगलागीमा मर्नेको सङ्ख्या ३४ जना पुगेको छ ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार कारखानाबाट ३१ जनाको शव निकालिएको थियो। यता, अस्पतालमा ३ जनाको मृत्यु भएको छ।
३० जनाभन्दा बढी घाइते भएका छन् । सोमबार कारखानाको रियाक्टर युनिटमा विस्फोट भएको थियो।दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ।





