
दुर्घटनामा परेकाे एयर इन्डियाको विमान । तस्बिर साैजन्य : ‘एबिपी’
२९ जेठ २०८२, बिहिबार
२ घण्टा पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनामा परेकाे छ ।
भारतीय सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’का अनुसार विमान लन्डन उडान भर्ने क्रममा दुर्घटनामा परेकाे हो । नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानमा २४२ जना सवार थिए । जसमा २३० यात्रु, दुई जना पाइलट र १० क्याबिन क्रू सदस्य सवार थिए ।
यस्तै, दमकल घटनास्थलमा पुगेकाे छ भने आपतकालीन प्रतिक्रिया टोलीहरू खटाइएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ । दुर्घटनाको कारण भने अझै पुष्टि भएकाे छैन ।





