ट्रम्पद्धारा १० हजार संघीय कर्मचारी बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन् ।

शुक्रबारसम्म ट्रम्पले आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवामा लगायत दर्जनौ विभागमा कार्यरत झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेका हुन्।बर्खास्तीमा पर्नेहरुमा अधिकांश परीक्षणकालमै रहेका कर्मचारीहरू रहेको भनिएको छ।

बोस्टनको अदालतले कर्मचारीलाई निस्कासन गर्ने ट्रम्पको योजनामा यसअघि नै बाटो खुला गरिदिएको थियो । अदालतले ट्रम्प प्रशासनलाई इच्छुक कर्मचारीहरूलाई राजीनामा गराउने प्रक्रिया पुनः सुरू गर्न भनेको थियो । यद्यपि ट्रम्पले उक्त प्रक्रियामा अब निरन्तरता नहुने भनेका थिए । अमेरिकामा २३ लाख संघीय कर्मचारी छन्।