नर्सको समस्या समाधानका लागि कार्यदल गठन

सरकारले नर्सहरूको पारिश्रमिक र सेवा–सुविधा सुधारका लागि सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन भएको समितिले नर्सहरूको समस्या समाधानका लागि ७ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।

नेपाल नर्सिङ संघको संयोजकत्वमा प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र आन्दोलनरत नर्सका प्रतिनिधि कार्यदलमा समावेश हुनेछन् ।

यी कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहित प्रतिवेदन तयार गर्नेछन् ।

समितिले निजी अस्पताल सञ्चालकका माग र सरोकारसमेत अध्ययन गरी अन्तिम प्रतिवेदन स्वास्थ्य मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गर्नेछ ।