प्रधानमन्त्री ओली अस्वस्थ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरूले आराम गर्न सल्लाह दिएका छन् ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई बुधबार सामान्य ज्वरो आएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएका हुन् ।

चिकित्सकको सल्लाहअनुसार उनले औपचारिक कार्यक्रम स्थगित गरी बालुवाटार निवासमा आराम गरिरहेको सचिवालयले जनाएको छ।