रुवाण्डामा जारी पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले टस जितेको छ ।
रुवाण्डा क्रिकेट स्टेडियममा नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोली र इटलीको महिला टोली पहिलो पटक आमनेसामने छन् । प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । नेपाल शनिबार पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो ।
त्यस्तै, प्रतियोगितामा इटाली लगातार दोस्रो जितको खोजीमा छ । इटलीले पहिलो खेलमा घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो ।





