आइपिएलमा आज दुई खेल हुँदै

जारी आइपिएलमा आज दुई खेल हुँदैछन् । आज पहिलो खेल पञ्जाव किंग्स र सनराइजर्स हैदरावादबीच हुदैछ । न्यू चण्डीगढमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा ३ खेलमा २ जित र एक खेल रद्ध भएको छ । पञ्जावले गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ भने कोलकोतासँगको खेल बर्षाले रद्ध हुदा एक एक अंक बाड्नु परेको थियो ।

त्यस्तै सनराइजर्स हैदरावादले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । सनराइजर्सले रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टसँग हार बेहोरेको थियो भने कोलकोतासँगको खेल जितेको थियो ।

त्यस्तै आइपिएलमा आज दोस्रो खेल चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा चेन्नई पहिलो जितको खोजीमा रहेको छ । चेन्नईले यसअघि खेलेका तीन खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु, पञ्जाव किंग्स र राजस्थान रोयल्ससँग हार बेहोरेको थियो । त्यस्तै दिल्ली क्यापिटल्सले भने ३ खेलमा २ जित र एक हार बेहोरेको छ । दिल्लीले लखनउ सुपर जाईन्ट र मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो भने गुजरात टाइटन्ससँग पराजित भएको थियो ।