आईपीएलमा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक फराकिलो जित निकाल्दै सुरुवात गरेको छ । इतिहासकै ठूलो लक्ष्य भेट्टाएर मुम्बईले रेकर्ड बनाएको हो ।

आइतबार राति वनखेडे मैदानमा मुम्बईले कलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको हो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले चार विकेटको क्षतिमा २२० रनको योगफल तयार पारेको थियो । २२१ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा चार विकेट गुमाएर २२४ रन बनाउँदै पूरा गरेको हो ।

मुम्बईको जितमा कप्तान रोहित शर्मा र रायन रिकेल्टनले विस्फोटक ब्याटिङ गरे । शर्माले ७८ रन बनाउँदा रिकेल्टनले ८१ रन बनाए । यो आकर्षक ओपनिङ साझेदारीमा १४८ रन बनेको थियो । यो आईपीएल इतिहासकै दोस्रो ठुलो ओपनिङ साझेदारी हो ।