आर्मीलाई पराजित गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि

नेपाल पुलिस क्लबले जय ट्रफी इलिट कप २०८२ को उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

आर्मीले दिएको २ सय २७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा रशिद खान ८१ रनका साथै २ विकेट लिएर प्लेयर अफ द म्याच भोषित भए ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका कुशल भुर्तेलले ५१, दिनेश खरेलले २५, कप्तान आरिफ शेखले १४, दिल्साद अलीले अविजित ३१ तथा शंकर रानाले १३ रन बनाउँदै पुलिसलाई जित दिलाए ।

आर्मीका लागि शाहब आलम, पवन कार्कीले दुई/दुई, आकाश चन्द र भीम शार्कीले एक/एक विकेट लिए ।