एन्फा राष्ट्रिय लिग अर्को सूचना नआएसम्मका लागि स्थगित

काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिग अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै चलिरहेको लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएको हो ।

एन्फाका अनुसार बिहीबार लिग अन्तर्गतको दोस्रो खेल एन्फा कम्प्लेक्समा जारी छ । यो खेल सकिएपछि आजै बेलुका हुने भनिएको सशस्त्र प्रहरी बल (एपीएफ) र मछिन्द्र एफसीबीचको अन्तिम खेल भने नहुने भएको छ । लिगमा कुल १७ टोलीले प्रतिस्पर्धा गरिरहेका थिए ।