भारतले जारी टी-२० विश्वकपमा लगातार चौथो जित हासिल गरेको छ । बुधबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको हो ।
भारतले दिएको १९४ रनको लक्ष्य पछाएको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
यसअघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो ।
योसँगै भारतले लगातार ४ खेल जितेर ८ अंकसहित समुहमा शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ। त्यस्तै नेदरल्याण्ड्सको भने ४ खेलमा एक जित र ३ हारसहित २ अंक हासिल गरेर समुह चरणबाट विश्वकप यात्रा समाप्त भएको छ ।
समुह ए बाट भारत र पाकिस्तान सुपर आठमा पुगेका छन्। यस्तै समुह बीबाट श्रीलंका र जिम्बाबे सीबाट वेष्ट इन्डिज र इङ्ल्याण्ड तथा डी बाट दक्षिण अफ्रिका र न्युजिल्याण्ड अन्तिम आठमा प्रवेश गरेका छन् ।





