सोमपाल बने विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी

सोमपाल कामी विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी भएका छन् । सोमपालले दीपेन्द्रसिंह ऐरीको रेकर्ड तोडेका हुन् । दीपेन्द्रको ८ विकेटको रेकर्ड सोमपालले स्कटल्यान्डविरुद्धको खेलमा तोडेका हुन् ।

सोमपालले मंगलबार स्कटल्यान्डविरुद्ध ३ विकेट लिँदै विश्वकपमा समग्र १० विकेट लिएका हुन् । स्कटल्यान्डविरुद्ध ४ ओभर बलिङ गर्दै उनले २५ रन खर्चिएर ३ विकेट लिए ।

सोमपाल नेपाल सहभागी ३ वटै विश्वकप खेल्ने खेलाडीसमेत हुन् । उनले २०१४, २०२४ र यसपालि विश्वकप खेलिरहेका छन् । तेस्रो स्थानमा रहेका वसन्त रेग्मीले ५ विकेट लिएका छन् ।