एन्फा निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक: फागुन २७ गते मतदान हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि रोकिएको निर्वाचन प्रक्रिया पुनः सुचारु भएको छ ।

उच्च अदालत पाटनले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेसँगै निर्वाचन समितिले संशोधन सहितको नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

यसअघि मिति २०८२ माघ २८ गतेका लागि तय गरिएको निर्वाचन, अदालतको मिति २०८२ माघ ४ गतेको ‘यथास्थितिमा राख्नु’ भन्ने आदेशका कारण स्थगित भएको थियो ।

हाल कानुनी अड्चन हटेपछि निर्वाचन समितिले मतदानको नयाँ मिति २०८२ फागुन २७ गतेका लागि तय गरेको छ ।

201 1