इटालीविरुद्ध दबाबमा नेपाल, गुमायो तीन विकेट

भारत र श्रीलंकामा जारी आइसिसी टी–२० विश्वकप अन्तर्गत इटालीविरुद्ध टस हारेर ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमएको छ ।

उसले कप्तान रोहितकुमार पौडेललाई २३ रनमा आउट गरेको हो । पहिलो विकेटको रुपमा नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेललाई ५ रनमा गुमाएको थियो ।

त्यस्तै, यो समाचार तयार पार्दासम्म आसिफ शेख पनि २० रनमा आउट भएका छन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा ऊ इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो ।