टी-२० विश्वकप छनोट : थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर छनोटका खेल आजदेखि सुरु हुने भएका छन् । आज हुने खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुस्थित, त्रिवि क्रिकेट स्टेडियम र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । १० राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो दिन आज चार खेल हुँदैछन्, जसमध्ये दुई खेल टियू र दुई खेल मुलपानी मैदानमा हुने तालिका छ ।

आज बिहान ८ बजेदेखि सुरु हुने पहिलो दुई खेलमा नेदरल्याण्ड्स र जिम्बाब्वे तथा आयरल्याण्ड र पपुवा न्युगिनी पिएनजीबीच प्रतिस्पर्धा गर्दैछन् भने दिनको तेस्रो र चौथो खेलमा बंगलादेश र अमेरिका तथा आयोजक नेपाल र थाइल्याण्ड आमनेसामने हुनेछन् ।

त्रिवि क्रिकेट स्टेडियममा हुने खेलबाट दुवै टोलीले विश्वकप ग्लोबल छनोटको सुरुवात गर्नेछन् । नेपाल र थाइल्याण्ड पहिलो खेलमा सानदार प्रदर्शन गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिँदैछ ।

नेपाली टोली विश्वकप छनोट प्रतियोगितामा सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै प्रस्तुत हुने योजनामा छ । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै यसपटक कम्तीमा सुपर सिक्स भित्रपर्ने गरी खेल्ने बताइन् ।​

यीमध्ये नेपालले नेदरल्याण्ड, थाइल्याण्ड र अमेरिकी टोलीसँग अभ्यास खेलसमेत खेलेको छ । अभ्यास खेलले नेपाली टोलीलाई बलिया प्रतिद्वन्दीसँग कसरी खेल्ने र खेललाई आफ्नो पक्षमा पार्ने भन्ने सिकाएको उनले बताइन् ।

‘१८ वर्षपछि प्रभावशाली टोलीसँग खेल्न पाएका छौँ । अभ्यास खेलबाट धेरै कुरा सिक्ने अवसर पायौँ । उत्साहित छौँ, र आत्मविश्वास पनि छ’, वर्माले भनिन् । महिला क्रिकेटतर्फ देशले आयोजना गर्न लागेको हालसम्मकै ठूलो प्रतियोगिता हो ।