एनपीएलमा आज बिश्राम: भोलि दुई खेल हुँदै हुने

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज आइतबार कुनै पनि खेल राखिएको छैन।

भोलि सोमबार भने त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ। त्यसैगरी, दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

हालसम्मको अंकतालिका अनुसार, दुई-दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स चार-चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अंक जोड्दै तेस्रो स्थानमा छ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर कुल आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।