नेपाल प्रिमियर लिग (एनपिएल)–२ अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर बलिङ रोजेको छ ।
यी दुई टिमबीचको खेल ४ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
जारी सिजनमा सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई १९ रनले हराएको थियो ।
उता पोखराले भने पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो ।




