१० ओभर: चितवनले बनायो ५१ रन, गुमायो ३ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोज इनिङ्सको १० ओभर सकिँदा दबाबमा देखिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १० ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ५१ रन मात्र जोड्न सकेको छ।

लुम्बिनीका बलरहरूले सुरुवाती ओभरदेखि नै कसिलो बलिङ गर्दै चितवनका ब्याटरहरूलाई खुलेर खेल्न दिएका छैनन्।

इनिङ्सको पहिलो ओभरमै स्टार खेलाडी डेभिड मलानलाई रुबेन ट्रम्पेलम्यानले बोल्ड गरे। दीपक बोहरा १० रन र देव खनाल १४ रन बनाएर आउट भए। यी दुवै विकेट अभिषेक गौतमले लिए।

लुम्बिनीका अभिषेक गौतमले ३ ओभरमा १५ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका हुन्।

अहिले ड्रिंक्स ब्रेकको समयमा चितवनका अनुभवी विदेशी खेलाडी रवि बोपारा २१ रन र कप्तान कुशल मल्ल ३ रन बनाएर क्रिजमा छन्।