फखर जमन र मोहम्मद रिजवानले अर्धशतक बनाएपछि पाकिस्तानले श्रीलंकालाई तेस्रो तथा अन्तिम ओडिआईमा ६ विकेटले हराएको छ।
घरेलु टोली पाकिस्तानले सिरिज ३-० ले सिरिज जितेको छ। श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य पाकिस्तानले ४४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानले खराब सुरुआत गर्यो। ओपनर हसीबुल्लाह खान शुन्य मै आउट भएपछि टोली ८-१ बनेको थियो। त्यसपछि बाबर आजम र फखर जमनले पारी सम्हाल्दै ७४ रनको साझेदारी गरे। फखरले ५५ रन बनाए।
३४ रन बनाएर बाबर आउट भएपछि पाकिस्तान केही दबाबमा परेको थियो। तर रिजवान र हुसेन तलतले पाकिस्तानी इनिङ सम्हाले । रिजवान ६१ रन र तलत ४२ रनमा नटआउट रहँदै टोलीलाई जिताए दिलाए ।
त्यसअघि, श्रीलंकाले ४५.२ ओभरमा २ सय ११ रन बनाएको थियो। पथुम निसंका, कमिल मिसारा र कुशल मेंडिसले सुरुआतमा केही रन जोडे।
पाकिस्तानी बलर मोहम्मद वासिम जुनियरले ३ विकेट लिए। फैसल अखरम र ह्यारिस रउफले समान २ विकेट हात पारे।
श्रीलंकाको कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेन। सदिरा समाराविक्रमा सर्वाधिक ४८ रनजोडे।
पाकिस्तानी बलिङ र ब्याटिङ दुवै उत्कृष्ट रहेकाले टोलीले सजिलै सिरिज क्लिन स्विप गर्यो।





