काभा यू–१९ महिला भलिबलको फाइनलमा नेपाल र कीर्गिस्तान भिड्दै

काभा यू–१९ महिला भलिबलको फाइनलमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्। ​

श्रीलंकको कोलोम्बोमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। 

एकपक्षीय नतिजा हात पार्ने क्रममा नेपालले पहिलो सेट २५–११ दोसो सेट २५–३ र तेस्रो सेट २५–५ ले आफ्नो पक्षमा पारेको थियो।

कीर्गिस्तानले पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई सोझो सेटमा हराएको थियो।  नेपाल यसअघि लिग चरणमा कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। फाइनल खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ। ​