कीर्तिमानी नेपाली क्रिकेट टिम नेपाल फर्केको छ ।  

कीर्तिमानी नेपाली क्रिकेट टिम नेपाल फर्केको छ । नेपालले तेस्रो पटक विश्वकप टी–२० मा स्थान बनायो भने पहिलो पटक टेष्ट खेल्ने राष्ट्रलाई टी–२० मा हराएर श्रृंखलामाथि कब्जा जमायो । 

नेपालले पहिलो पटक छनोट चरण विजेता भएर टी–२० विश्वकपमा स्थान बनायो भने पहिलो पटक टेष्ट खेल्ने राष्ट्रसँग श्रृंखला जितेको हो । नेपाल २–१ ले विजयी भयो । 

विश्वकप लिग २ मा भने नेपालले बिर्सनयोग्य प्रदर्शन गर्यो । यूएई श्रृंखलामा नेपाल यूएई र अमेरिकासँग २–२ खेल हार्यो । 

टिमलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र नेपाल  क्रिकेट संघ क्यानका सचिव पारस खड्काले स्वागत गरेका थिए ।