एएफसी कपमा अल-नासरको शानदार जित

 एएफसी कपको समूह चरण अन्तर्गत साउदी अरबको क्लब अल-नासरले भारतको एफसी गोवालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ।

टोलीको जितमा अब्दुल्रहमान घारीबले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको ३५औँ र ५३औँ मिनेटमा गोल गरे।

यस्तै, खेलको ६५औँ मिनेटमा मोहम्मद मारानले तेस्रो गोल थपे भने खेलको अन्तिम समयतिर ८४औँ मिनेटमा पोर्चुगिज स्टार जोआओ फेलिक्सले गोल गर्दै टोलीलाई ४-० को प्रभावशाली जित दिलाए।यो जितसँगै अल-नासरले समूह ‘डी’ मा आफ्नो वर्चस्व कायमै राखेको छ।