स्पेनिस ला लिगामा लिग: रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-० हरायो

स्पेनिस ला लिगामा लिग लिडर रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जितसँगै रियल म्याड्रिडले लिगको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ।

रियल म्याड्रिडको यो सानदार जितमा केलियन एम्बाप्पे चम्किए। उनले १९ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे र त्यसको लगत्तै ३१ औं मिनेटमा दोस्रो गोल गर्दै आफ्नो ब्रेक पूरा गरे।

पहिलो हाफ सकिनुअघि ४४ औं मिनेटमा स्टार मिडफिल्डर जुड बेलिङ्घमले गोल गरेपछि रियल म्याड्रिडले ३-० को आरामदायी अग्रता लियो। दोस्रो हाफको ८२ औं मिनेटमा आल्भारो क्यारेरासले गोल थप्दै रियल म्याड्रिडलाई ४-० को सानदार जित दिलाए।