आईसीसी महिला क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले इङ्गल्याण्डलाई १२५ रनले पराजित गरेको छ।
दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ३२० रनको लक्ष्य दिएको थियो तर जवाफमा इङ्ल्यान्डको टोली ४२.३ ओभरमा १९४ रनमा समेटियो।
दक्षिण अफ्रिकाका लागि मारिजान क्यापले सर्वाधिक पाँच विकेट लिइन्।
इङ्ग्ल्याण्डका लागि कप्तान नेट स्काइभर-ब्रन्टले सर्वाधिक ६४ रन बनाए भने एलिस क्याप्सीले पनि ५० रन बनाइन्।
इङ्ग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो र पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो।
आइसीसी महिला क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले बिहीबार अष्ट्रेलियाको सामना गर्नेछ।




