नेपालले दियो यूएईलाई १४१ रनको लक्ष्य

ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएईलाई १४१ रनको टार्गेट दिएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट खर्चदै १४० रन जोडेको हो । ओपनर आसिफ शेखले नेपालका लागि सर्वाधिक ४७ बलमा ५१ रन बनाए । उनले खेलमा ४ चौका र एक छक्का प्रहार गरेका थिए ।

कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल १८ बलमा २० रनबनाएर आउट भएको थिए । त्यस्तै, कुशल मल्ल १०, दीपेन्द्रसिंह ऐरी १ र गुल्सन झा १४ रन बनाएर आउट भए । अविजित रहेका सन्दीप जोरा ४ र सोमपाल कामीले ६ रन जोडेका हुन ।