आईसीसी टी-२० विश्वकप क्रिकेट छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज कतारसँग दाेस्राे अभ्यास खेल खेल्दैछ ।
विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे शुरू हुनेछ ।
यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल छ विकेटले विजयी भएको थियो । टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ ।
नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ । प्रतियोगितामा भाग लिन नेपाली टोली ओमान पुगिसकेको छ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी छन् ।
याे टाेलीमा साहब आलम भने छैनन् ।