मलेसियाविरुद्ध नेपालको ६ विकेटको जित

नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको दोस्रो खेलमा जित हासिल गरेको छ ।

शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा पुजा महतोले ३९ रन बनाएकी थिइन् भने कप्तान इन्दु बर्माले अविजित २७ रन बनाएकि थिइन् ।

यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउदै ९१ रन बनाएको थियो । यो जितपछि नेपालले ५ खेलको सिरिजमा कमब्याक गर्दै १–१ को बराबरी गरेकोछ ।

अब सिरिजको तेस्रो खेल आइतबार हुने तालिका रहेको छ ।