नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको फाइनल खेल्दै

नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको फाइनल खेल्दैछ।

सयुक्त अरब इमिरेट्स (यूएई) मा जार युनिटी कप टी-२० शृङ्खलामा एक खेल अगावै नेपाल २-० ले विजयी भएको छ।

युएईस्थित शारजाह क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:१५ बजे शुरू हुनेछ ।

यूएईको शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो। पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध १९ रनको ऐतिहासिक जित हासिल गरेको थियो।

सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो। वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटिएको हो।

लगातार दुई खेलमा ऐतिहासिक जित निकालेको नेपाल भने मंगलबार फाइनल भिडन्तमा उत्साहका साथ मैदानमा हुनेछ। वेस्ट इन्डिज भने सिरिज गुमिसके पनि सान्त्वना जित चाहन्छ।