आइटाना बोनमाती बनिन् लगातार तीन पटक बालोन डि ओर जित्ने पहिलाे महिला खेलाडी

स्पेन र फुटबल क्लब बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमाती लगातार तीन पटक बालोन डि ओर जित्ने पहिलाे महिला खेलाडी बनेकी छिन्।

साेमबार राति भएकाे अवार्ड कार्यक्रममा उनले यस वर्षको महिलातर्फको बालोन डि ओर जितेसँगै उनी लगातार तीन पटक बालोन डि ओर जित्ने पहिलाे महिला खेलाडी बनेकी हुन्।

उनले यसअघि सन् २०२३ र २०२४ मा पनि उक्त अवार्ड हात पारेकी थिइन्।