एसिया कप २०२५ : श्रीलङ्कालाई बंगलादेशले ४ विकेटले हरायो

एसिया कप २०२५ को शीर्ष ४ अन्तर्गतको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। 

श्रीलङ्काले दिएको १६९ रनको विजयी लक्ष्य पछाएको  बंगलादेशले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। 

बंगलादेशका लागि ओपनर ब्याटर सहित सैफ हसनले सर्वाधिक ६१ रनको पारी खेले। उनले ४५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। कप्तान लिटोन दासले २३, तोहित रिडोयले ५८ रन बनाउँदा सहमिम होसेन १४ रनमा अविजित रहे।

श्रीलङ्काको लागि बलिङतर्फ वनिन्दु हसरंगा र दसुन सानाकाले २/२ विकेट लिए। नुवान थुसारा र दुश्मन्था चमेराले १/१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको श्रीलंकाका लागि दसुन सानाकाले सर्वाधिक ६४ रनको अविजित पारी खेले उनले ३७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। 

ओपनरद्वय: पाथुम निसाङ्का र कुशल मेन्डिसले क्रमश: २२ र ३४ रन बनाए। कुशल पेरेराले १६ रन बनाउँदा कप्तान चारिथ आसलाङ्काले २१ रन बनाए।

बङ्गलादेशका लागि बलिङमा मुस्ताफिजुर रहमानले सर्वाधिक ३ विकेटले महेदी हसनले २ विकेट लिँदा तास्किन अहमदले १ विकेट लिए।

श्रीलङ्का समूह बीको लिग चरणको खेल सकिँदा अपराजित हुँदै विजेताको रूपमा सुपर फोर खेलेको  थियो। बङ्गलादेश भने समूह उपविजेताको रूपमा सुपरफोर प्रवेश गरेको थियो। 

सुपरफोरमा आज समूह ए अन्तर्गतको खेल हुनेछ । आज समूह एमा अपराजित रहँदै सुपरफोर प्रवेश गरेको भारत र समूह उपविजेताको रुपमा सुपरफोर आएको पाकिस्तानबीच खेल हुनेछ।