मलेसियामा हुने सुपर वुमेन्स सिरिजका लागि नेपाली टोली घोषणा

Nepal Womens Cricket Team 1 1 1758354097

मलेसियन सुपर वुमेन्स शृंखला र मलेसियाविरुद्धको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलका लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ क्यानले शनिबार इन्दु वर्माको कप्तानीमा टोली घोषणा गरेको हो। यही सेप्टेम्बर २४ देखि ३० सम्म मलेसिया क्रिकेट संघको आयोजनामा मलेसियन सुपर वुमेन्स सिरिज हुनेछ। 

नेपाली टोलीले त्यहाँ पाँच फरक–फरक टोलीसँग प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ। क्यानका अनुसार महिला टोलीले उक्त सिरिजपछि मलेसियाको राष्ट्रिय क्रिकेट टोलीसँग ट्वान्टी–ट्वान्टी खेलहरु पनि खेल्नेछ। उक्त खेलहरु अक्टुबर २ देखि ८ सम्म हुनेछन्। 

१४ सदस्यीय टोलीको कप्तानी वर्माले गर्नेछिन् भने उपकप्तान पूजा महतो छिन्। 

यस्तो छ नेपाली टिम

इन्दु वर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोद्दार, यशोदा विष्ट, सावित्रि धामी र कविता कुँवर
 

समन्धित समाचार