एशिया कप टी–२० क्रिकेटमा सुपर–४ का खेल आजदेखि

 एशिया कप टी–२० क्रिकेटमा सुपर–४ का खेल आजदेखि शुरू हुँदैछन् । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका छन् ।

सुपर–४ को पहिलो खेलमा आज श्रीलङ्का र बङ्गलादेश खेल्दैछन् । यो खेल युएईको दुवईमा नेपाली समयअनुसार बेलुका सवा आठ बजे शुरू हुनेछ । सुपर–४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

भारत र पाकिस्तानबीचको खेल भोलि हुनेछ । समूह ‘ए’ को गएराति सम्पन्न अन्तिम खेलमा ओमान भारतसँग २१ रनले पराजित भएको थियो ।