नेपालले उद्घाटन खेलमा श्रीलंकालाई हराउँदै साफ यु–१७ च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ । १० खेलाडीमा सीमित घरेलु टोली श्रीलंकामाथि २–० को सहज जित निकाल्दै नेपालले सुखद सुरुआत गरेको हो ।
कोलम्बोस्थित कोलम्बो रेसकोर्स स्पोर्ट्स कम्प्लेक्समा सोमबार नेपालको जितमा समीरले दुई गोल गरे । यो जितसँगै तीन राष्ट्र रहेको समूहबाट नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ । अब नेपालले आगामी सेप्टेम्बर १८ मा साबिक उपविजेता बंगलादेशसँग बराबरीको नतिजा निकाले पनि सेमिफाइनलमा पुग्नेछ । यद्यपि, हार सामना गरेको खण्डमा भने समूहको अन्तिम खेल श्रीलंका र बंगलादेशबीचको खेल फर्खनुपर्नेछ । यद्यपि, नेपाली टोली यसपल्ट बंगलादेशलाई हराउँदै उच्च आत्मबलका साथ खेल्ने लक्ष्यमा छ ।
अब नेपालले समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार समूह ‘बी’ का दुई खेल हुनेछन् । पहिलो खेलमा भारतले माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेलमा भुटान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।





