वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल भदौ २० गते शुक्रबार दिउँसो २ बजे सुरु हुनेछ।
शुक्रबारै साविक उपविजेता ललितपुर क्विन्स र मधेस युनाइटेडबीच अपरान्ह ४ बजे दोस्रो खेल हुनेछ।
इन्फनिटी ड्रिम्स प्रा. लि. को आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण पोखराको बहुउद्देशीय कभर्डहलमा हुनेछ।जहाँ साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।
सहभागी टोलीले सिंगल राउण्ड रोविनका आधारमा अंक आपसमा खेलेपछि धेरै अंक जोड्ने दुई २ टोलीबीच भदौ २८ गते फाइनल खेल हुनेछ।
दोस्रो संस्करणमा विश्वका विभिन्न देशबाट १८ विदेशी खेलाडी एभरेस्ट महिला भलिबल लिग खेल्ने पोखरा आएका छन्।





