भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक भुटानसँग खेल्दै छ ।
खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो । प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।





