नेपाल र हर्बट हुरिकेन्सबीचको खेल (प्रत्यक्ष प्रशारण)

टप एण्ड टी-२० सिरिजमा नेपालले चौथो खेलमा हर्बट हुरिकेन्ससँग टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।

नेपालका कप्तान रोहित पौडेलले अस्ट्रेलियाको डर्विन पामस्र्टनस्थित काजालिस मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालको प्लेइङ सेटमा आज ४ परिवर्तन रहेको छ।

दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी र साहब आलमको स्थानमा लोकेश बम, करण केसी, नन्दन यादव र रिजन ढकालले सरुवाति ११ मा स्थान बनाएका छन । नेपालले लगातार ३ खेलमा हार बेहोरेपछि आज चौथो खेल खेल्दैछ ।