एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ ।
खेल भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा अपरान्ह पौने २ बजे सुरु हुनेछ । समूह ‘ए’ को यो अन्तिम छनोट खेल हो । नेपालले एक जीत र एक बराबरी गरी ४ अंक बटुलेको छ भने समूहको शीर्ष स्थानमा रहेको उत्तर कोरियाले दुवै खेल जितेर ६ अंक बटुलेको छ ।
नेपाल दुई खेलमा चार अंक जोड्दै अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उत्तर कोरियाले नेपालसँग बराबरी खेले मात्रै पनि एसियन कपमा छनौट हुनेछ भने नेपाललाई भने जित्नै पर्ने दबाब छ ।



