एएफसी यु-२० महिला एसियन कप छनोटअन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ। भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा भएको खेल आयोजक भुटान र नेपालका तर्फबाट १-१ गोल भइ बराबरीमा सकिएको हो।
नेपालले भुटानविरुद्ध खेलको पहिलो मिनेटमा नै गोलको खाता खोलेको थियो। नेपालको लागि सेनु परियारले गोल गरिन्। नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन।
त्यसपछि खेलको १८औँ मिनेटमा भुटानले गोल फर्कायो। भुटानका लागि केल्देन वाङमोले बराबरी गोल गरिन्। त्यसपछि खेलको ७०औँ मिनेटमा नेपालले गोल गर्यो। तर असिस्टेन्ट रेफ्रीले अफ साइडको झण्डा उठाइदिए। दुवै टोलीबाट दोस्रो हाफमा गोल हुन सकेन। यस खेलसँगै नेपाल र भुटानले समान १-१ अंक जोडेका छन्।





