एएफसी यू-२० महिला एसियन कप छनोटःनेपालले आज भुटानसँग खेल्दै

आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ ।

समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ ।

 
केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा सहजै हराएको नेपालको मनोबल उच्च हुनेछ । भुटानलाई भने घरेलु मैदान र दर्शकको साथ हुनेछ ।